Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • बाबुराम र हिसिला बने हजुरबुवा–हजुरआमा


    आइतबार, असार २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेता डा. बाबुराम भट्टराई  र नेतृ हिसिला यमी हजुरबुवा र हजुरआमा बनेका छन् ।

    छोरी मानुषी यमी भट्टराईले आइतबार छोरा जन्माएसँगै यी चर्चित जाेडीले नाती पाएका हुन् । त्रिवि शिक्षण अस्पतालमा शल्यक्रियाबाट पुत्र जन्मिएको भट्टराईले ट्वीटर मार्फत् जानकारी दिएका छन् । 

    ‘बल्ल हजूरबा भैयो । असार २८ गते विहान १०:०५ बजे टिचिंग अस्पतालमा छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई पुत्रलाभ भएको छ । डा. गीता गुरुङ र टिमलाई सफल अपरेसनका लागि धन्यवाद,’ भट्टराईले ट्वीट गरेका छन् ‘अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना । मानुषी-जेकेन्द्रलाई बधाई ।’ 

    मानुषी डा. बाबुराम र नेतृ हिसिला यमीकी एकमात्र छोरी हुन् । चार वर्षअघि मानुषीको बिहे तनहुँका जेकेन्द्र श्रेष्ठसँग भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार