हरिशरण खड्का र रोशन भूसाल
काठमाडौं । तीन बर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पार गरिसकेपछि बरामद भएको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन तस्करीमा संलग्न हरिशरण खड्का शनिबार दुवईबाट काठमाडौंमा अवतरण भएपछि पक्राउ परेका छन् । लकडाउनमा उनी हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका हुन् । उनलाई अर्कै यात्रुको नाममा काटिएको टिकटमा अन्तिम समयमा दुवईबाट काठमाडौं पठाइएको स्रोतले बताएको छ । स्रोतका अनुसार खड्कासँगै सुनतस्करीमा संलग्न रोशन भूसाल(गुप्तलाल)का भाइ गोपी भूसाल र नवीन पाठकले खत्री लक्ष्मी भट्टराईको नाम काटेर अन्तिममा उनको नाम राखी नेपाल पठाएका ह्न् । दुवईमा बस्ने एक नेपालीले सेटिङमै खत्री लक्ष्मी भट्टराईको नाममा टिकट काटेर अन्तिममा इमर्जेन्सी उनको नाम राखी उनलाई नेपाल पठाइएको हो ।
रोशन भूसालको डिजाइनमा खड्कालाई लकडाउनमा नेपाल ल्याएर अदालतबाट सेटिङमा उन्मुक्ति दिने चलखेल भइरहेको छ । रोशन भूसालले प्रकाश अर्याल आइजीपी हुँदा नै सेटिङ गरी अदालतबाट तारिखमा छुटी नेपालमा ब्यापार ब्यवसाय गरिरहेका छन् । हरिशरण खड्का र रोशन भूसाल दुवै ब्यापारिक साझेदार हुन् । उनीहरु दुवैले दुवईबाट नेपालमा सुनतस्करीको धन्दा संचालन गर्दैआएका थिए । भूसालले सेटिङ गरी छुटकारा पाए पनि हरिशरण २०७५ माघमा दुवईमा पक्राउ परे । खड्का पक्राउपछि भूसाल उनीबाट टाढिंदै गएका थिए । उनीहरु त्यसपछि छुट्टाछुट्टै ब्यापार गर्न थालेका थिए । दुवईमा होटल लगायतको ब्यापार अहिले पनि भुसाल र खड्काको साझेदारीमै संचालन हुँदैआएका छन् ।
पछिल्लो समयमा खड्काले दुवईमा नसा दोहोरी संचालन गर्दैआएका थिए । रोशन भूसाल र हरिशरण पार्टनर । पहिला साmभेदार हुन् । अहलिे अलग ब्यापार गरे पनि होटल लगायतका ब्यवसायमा साझेदारी छ । सम्पत्ति दुवैको छानबिन हुनुपर्ने माग भइरहेको छ । रोशन भूसालले सामाखुसीमा भब्य ब्यापारिक कम्प्लेक्स बनाइरहेका छन् । भूसालले सुनतस्करी गरी काठमाडौंमा थुप्रै ठाउँमा बीसौं करोडका जग्गा र घर खरिद गरेका छन् । भूसालको बारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पनि छानबिनका लागि उजुरी परेको छ । विमानस्थल भन्सारबाट पार भएको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन सिआईबीले विमानस्थलबाट बरामद गर्दा भूसाल र खड्काको मुख्य संलग्नता खुलेको थियो । तर, सुन बरामद भएको भोलिपल्टै भुसाल प्रहरीकै मिलेमतोमा दुवई भागेका थिए । पछि तत्कालीन आइजीपी प्रकाश अर्यालसँग सेटिङ गरी उनी तारिखमा छुटेर नेपालमा बस्दै जग्गा कारोबारमा छन् ।
खड्का र भूसालको सुनतस्करीको पर्दाफास यसरी भयो
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले २०७३ पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिसकेको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन बरामद गरेको थियो । विमानस्थल भन्सारबाटै ३३ किलो अवैध सुन बाहिरिएपछि सुन तस्करीको सञ्जालबारे प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा दुवईबाट सुनको तस्करी गर्ने मुख्य दोषी किटान गरिएका हरिशरण खड्का र रोशन भूसाललाई प्रहरीले पक्राउ गर्न नसकेपछि इन्टरपोलमार्फत् रेडकर्नर नोटिस जारी गरेको थियो । तीमध्येका खड्का पक्राउ परेका थिए भने भने भूसालको मुद्दा जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा चलिरहेको छ । जुन मुद्दामा पनि उनी सेटिङ गरी उन्मुक्ति हुने दाउमा छन् ।
सुनतस्करीमा संलग्न भनेर त्यतिबेला सीआइबीले विमानस्थलका एसपी श्याम खत्री, गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठलाई पक्राउ गरेको थियो । तर दुवईबाट सुन नेपालमा पठाउँदैआएका भूसाल र खत्रीलाई भने पक्राउ गरेको थिएन । ती मध्ये खड्का अहिले पक्राउ परेका छन् भने भूसाललाई प्रहरीका उच्च अधिकारीले नै जोगाउने काम गरेका थिए ।
सुन बरामद भएपछि भूसाललाई पक्राउ गर्न निकै लागेका तत्कालीन सीआइबीका प्रमुख नवराज सिलवाल बीचमै अवकाश भए । त्यसपछि सीआइबीसँग सेटिङ गरी भूसालले अदालतमा सेटिङ गरी मुद्दा जित्दैआएका छन् । नवराज सिलवालमाथि अन्याय गरी आइजीपी भएका प्रकाश अर्यालमार्फत् उनलाई पक्राउ नगरी अदालतमा हाजिर गराएर साधारण तारिखमा छुटाइएको थियो । उनको मुद्दा सर्वोच्चमा छ । खड्का पक्राउ परे पनि भुसाल भने काठमाडौंमा ढुक्कले बसी जग्गाको कारोबारमा थिए ।
इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरिएका खड्कासहित दर्जनौं सुन कारोबारीहरु दुबईमा लुकेर बस्दै आएका थिए । प्रहरीले रेडकर्नरमा हरिशरण खड्कासहित रोशन (गुप्तलाल) भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेललाई राखेको थियो । उनीहरु विगत पाँच वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका मुख्य लगानीकर्ता खड्का हुन् ।
त्यतिखेर सिआईबीको प्रमुख थिए हालका सांसद नवराज सिलवाल । सिआईबीले अनुसन्धानका क्रममा भूसालको अर्बौंको सम्पत्ति फेला पारेको थियो । भुसाल १७ वर्ष अगाडिसम्म नेपालमा टेम्पो चालक थिए । उनै भुसालले २० करोडको हाराहारीमा सम्पत्ति जोडिसकेका थिए । भुसालको काठमाडौंका ७ वटा बैंकमा खाता फेलापारेको थियो । उनले एउटै बैंकमा सन् २०१६ मा मात्रै १० करोड ५७ लाखसम्म जम्मा गरेको देखिएको थियो । त्यसअघि २०१७ मा ७ करोड २६ लाख रुपैयाँ जम्मा गरेको पनि भेटिएको थियो । भूसालको काठमाडौंमा मात्रा सात वटा घर रहेको पनि खुलेको थियो ।
भूसालले दुबईमा गएपछि खड्कासँग मिलेर ९ वटा कम्पनीहरु सञ्चालन गरेको प्रहरी स्रोत वताउँछ । दुबईमा याक एण्ड ज्वेलर्स ट्रेडिङ, एस्टोरीया होटल र याक एण्ड यति नेप्लीज कुजिन रेष्टरेन्ट लगायत उनीहरुले व्यबसाय सञ्चालन गरेका छन् । भुसालले २०१६ मा मेगा बैंकमा जम्मा गरेको पाँच करोड ५५ लाख रुपैंयाँको स्रोत शंकास्पद रहेको रिपोर्ट सिआईबीले तयार पारेको थियो ।
सरकारी जग्गा अतिक्रमणमा भूसाल
२०४४ मंसिर २९ को निर्णयले नेपाल सरकारको नाममा दर्ता भइसकेको साविक गोंगबु गाउँ विकास समितिको ३९ (क) कित्ता नम्बर ९७ को ११ रोपनी जग्गा पनि भूसालले किन्न ११ करोड रुपैयाँ बैना दिएका थिए । पदमकुमारी कार्कीसमेतले उक्त जग्गा आफ्नो हो भनी जिल्ला अदालतमा दिएको मुद्दामा उनीहरुको दाबी नपुगेको फैसला भएको थियो । तर उच्च अदालत र सर्वोच्च अदालतले कार्कीका नाममा हुने फैसला गरे पनि दर्ता भएको छैन । उक्त जग्गा दर्ता नै नभई भूसालले ११ करोड बैना दिएका कार्कीका नाममा हुने फैसला गरे पनि दर्ता भएको छैन ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend