Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मृगाैलाकाे गैरकानुनी प्रत्यारोपण, चार चिकित्सकसहित ६ जना पक्राउ


    शनिबार, असार २७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । फर्जी कागजातकाे आधारमा मृगाैला प्रत्यराेपण गर्ने चिकित्सकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । फर्जी कागजात बनाइ भान्जा नाता कायम गर्दै मृगाैला प्रत्यराेपण भएकाे सूचनाकाे आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे बताइएकाे छ । 

    यसरी पक्राउ पर्नेमा चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का चार चिकित्सक छन् । यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता समेत पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेकाे हाे । 

    प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा यी ६ जनाले आर्थिक लेनदेन गरेर गैरकानुनी रुपमा मिर्गौला  प्रत्यारोपण गरेको प्रहरीको दावी छ। नियन्त्रणमा लिइएकालाई प्रहरीले आइतबार सार्वजनिक गर्ने पनि जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार