Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईपीओ निष्काशनको अनुमति माग्दै आइएमई लाइफ इन्स्योरेन्स


    शनिबार, असार २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आईपीओ निष्काशनको लागि अनुमति माग्दै आइएमई लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्ड पुगेको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न असार २२ गते अनुमति माग गरेको हो ।

    आइएमई लाइफ इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्न अनुमति माग गरेको हो।
    हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैंया रहेको छ । सर्वसाधारणमा ६० करोड रुपैंयाको शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्व रुपैयाँ कायम हुनेछ । त्यसै गरी संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ ।यस कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

    कम्पनीले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई यस अघिनै जिम्मेवारी दिइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार