Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढीले अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलाउने प्रयास जारी, सयौँ यात्रु अलपत्र


    शनिबार, असार २७ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो

    काठमाडौं । बिगत दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैंँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि १० घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले राजमार्ग अवरुद्ध भएकोले सडकमा सवारी सधान र सयौं यात्रु अलपत्र परेका छन् ।

    बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन गए राति एक बजे बाढीले बगाइदिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार गए राति एक बजेदेखि बाटो अवरुद्ध छ ।बिहानैदेखि निर्माणको कार्य भइहरेकोले साँझ सम्ममा डाइभर्सन निर्माण सकिने प्रहरीले जनाएको छ । अवरुद्ध सडक कति यति बेला नै खुल्न सक्छ भन्न नसकिने प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार