काठमाडौं । पछिल्लाे समय काठमाडाैं उपत्यकामा काेराेनाभाइरस संक्रमितकाे संख्या बढ्ने क्रम जारी छ । पछिल्लो २४ घन्टामा मात्र २३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि उपत्यकामा असार २० गतेसम्म जम्मा १ सय ५४ जना संक्रमित थिए। त्यो संख्या २३ गतेसम्ममा बढेर २ सय ६६ पुगेको छ। २१ गते ३० जना, २२ गते ५४ जना र २३ गते २८ जना नयाँ संक्रमित फेला परेका थिए।
नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ।