सर्लाही । सर्लाहीमा चट्याङ लागेर १८ वर्षीय किशोरीको मृत्यु भएको छ।बिहीबार बिहान १० बजे बागमती नगरपालिका १० का छोटु पासवानको मृत्यु भएको हो।
उनी खेतमा सोही स्थानका कमलादेवी मुखिया र सुनमाया बस्नेत सँगै धान रोप्दै थिए।सोही बेलामा अचानक चट्याङले पासलाई लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
चट्याङ लाग्नबित्तिकै उनको उपचारका लागि बरहथवातर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।कमला देवी मुखिया पनि चट्याङ पर्दा बेहोस भएकी थिइन्। पछिको सामान्य उपचार गरी घर फर्किएको प्रहरीले बताएको छ।