काठमाडौं । वैदेशिक रोजगारीका लागि आजदेखि श्रम स्वीकृति पुनः खुलेको छ । कोरोना महामारीका कारण फागुन ३० गते देखि बन्द रहेको श्रम स्वीकृति खुलेको हो ।
नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति पुनः आजदेखि खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।
भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको प्रमुख बस्नेतले बताउनुभयो । पुन: श्रम स्वीकृति खुले पनि नयाँकोबारेमा भने जानकारी नभएको उहाँले बताउनुभयो । पुन : श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ ।
तर अहिले कार्यालयमा पुन: श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उहाँले बताउनुभयो । त्यही अनुसार कार्यालयले तयारी पनि गरेको छ । तत्कालकाे लागि भने नयाँ श्रम स्वीकृति नपाइने उनको भनाई छ ।
