Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जंगली च्याउ खाँदा दुई जना बिरामी


    बिहिबार, असार १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल ।जंगली च्याउ खाएर दाङमा दुई परिवारका सात जना बिरामी भएका छन् ।

    दाङको राप्ती गाउँपालिका–४ मौरीघाटकी ४२ वर्षीया दीपा चौधरी र मौरीघाटकै अक्कली चौधरीको परिवारका ६ जना बिरामी भएका हुन् ।

    जंगली च्याउ खाएर बिरामी भएकी दीपालाई लमही अस्पतालमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएर उपचार भइरहेको छ ।

    यसैगरी जंगली च्याउ खाँदा अक्कली चौधरीको परिवारका ९ वर्षीया एक जना बालिका, ११ वर्षीय एक जना बालक, २२ र ३३ वर्षीय दुई जना पुरुष र ३२ वर्षीया एक जना महिला बिरामी भएका छन् । उनीहरु ६ जनाको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार