Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्पको टोकाईबाट एक बालकको मृत्यु


    बुधबार, असार १७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कञ्चनपुर । कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। भीमदत्त नगरपालिका वडा नम्वर १६ की ४ वर्षका पर्वत गिरीलाई सर्पको टोकाइ मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेहोस अवस्थामा रहेका बालकलाई महाकाली अस्पताल पुर्‍याइएको थियो। आइसियुमा राख्नुपर्ने भएपछि धनगढी रिफर गरिएको थियो।

    अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले अस्पतालमा भेन्टिलेटर नभएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएको बताए।

    महाकालीबाट सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर थापाले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार