Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढ्यो पेट्रोल र डिजेलको मूल्य


    बुधबार, असार १७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। हिजो मंगलबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा पाँच, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ मूल्य बढाएको हो । मूल्य बढेसँगै उपभोक्ताले पेट्रोल प्रति लिटर १०१ र डिजेल ८७ रुपैयाँ तिर्नुपर्नेछ ।।

    इन्डियन आयल कार्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनु परेको निगमको मनाइ छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार