Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घन्टामा ६० जनाले जिते कोरोना, निको हुनेको संख्या ३,१९४ पुग्यो


    मंगलबार, असार १६ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण फैलिएर १३ हजार नाघिसकेको छ । काठमाडौंमा मात्रै १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित थपिने क्रमसँगै निको भएर डिस्चार्ज हुनेहरुको संख्या पनि बढिरहेको छ ।

    मंगलबारमात्रै थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार आज जुम्ला र बाँकेबाट १ १ पुरुष, सर्लाही जिल्लाबाट १५ जना पुरुष, सप्तरी जिल्लाबाट १५ जना पुरुष, पर्साबाट २ पुरुष, महोत्तरीबाट ४ पुरुष, कोशी अस्पतालबाट झापाका ४ महिला र २ पुरुष, मोरङका ३ महिला र २ पुरुष पाँचथरका १ जना महिला सुनसरीका १ महिला र १ पुरुषले कोरोना जितेर घर गएका छन् ।

    त्यस्तै धरानबाट मोरङका ८ जना पुरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार