दाङ । दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि अज्ञात समूहले कार्यालयमै खुकुरी प्रहार गरेको छ।प्रहरीका अनुसार मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेर फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्काकाले वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको जानकारी दिए ।चारपाँच जनाको समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको उनले बताए।
उनलाई अहिले तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए।फर्साराम डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।