Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीताको अर्धशतकमा कतारलाई नेपालको विशाल योगफल


    बिहिबार, मंसिर २ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले तेस्रो टी–ट्वान्टी खेलमा कतारसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेका  थियो ।

    नेपालका लागि ओपनर सीता राना मगरले अविजित ८२ रन बनाइन् । त्यस्तै ज्योती पाण्डेले २४ रन बनाइन् । 

    कतारकी बलर साक्षी, अलिसा र एन्जिलन मरेले समान एक विकेट लिइन । 

    नेपालले यसअघि तीन खेलको शृंखला आफ्नो पक्षमा २–० ले पारिसकेको छ ।

    नेपाल पहिलो खेलमा मंगलबार ११९ र दोस्रो खेलमा बुधबार ६१ रनले विजयी भएको थियो । कतारविरुद्ध नेपाल तेस्रो खेल जित्दै शृंखला ‘क्लिन स्वीप’ गर्ने योजनामा छ । 

    नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार