मोरङ। गत कार्तिक २८ गते खुकुरी प्रहार गरि रिजन दाहालको हत्या गर्ने ४ जना फरार अभियुक्त पक्राउ परेका छन् । बुढीगंगा गाउँपालिका -६ बस्ने २६ वर्षीय रिजन दाहाल गत कात्तिक २८ गते राति खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थिए । घाइते रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
हत्यामा संलग्न सुन्दरहरैचा नगरपालिका-७ बस्ने २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ बस्ने २४ वर्षीय ईश्वर लिम्बु, सोही ठाउँ बस्ने २० वर्षीय सुदिप उराउ र १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू उपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।