Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बार एशोसिएसनले दियो प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन भोलिसम्मको ‘अल्टिमेटम’


    बिहिबार, मंसिर २ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन नेपाल बार एशोसिएसनले शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ ।

    प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोप लगाउँदै बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएका हुन् । 

    बार एशोसिएसनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् ।

    प्रधानन्यायाधीशमा नियुक्त भएदेखि नै जबराले न्यायालयमा भ्रष्टाचार र अनियमितताको अध्याय सुरु गरेको उनको भनाइ थियो ।

    बिहीबार प्रहरी हस्तक्षेपका कारण शारीरिक चोट लागेका श्रेष्ठले भने, ‘म आफ्नो शरीरमा लागेको घाउलाई भरे सेक्नेछु र यसलाई निको तुल्याउने छु तर यो आन्दोलनबाट भाग्दिनँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार