Nepal Face
  • आइतबार, १० साउन २०८३
  • को हुन् ती जसले अश्लील बोल्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई पिट्ने धम्की दिए ?


    बिहिबार, मंसिर २ २०७८
    420
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध भइरहेकाे बिहीबारको प्रदर्शनमा अपरिचित व्यक्तिहरु प्रवेश गरेर आन्दोलनरत न्यायाधीशहरुलाई पिट्ने धम्की दिएका छन् ।

    बार परिसरभित्र छिरेका उनीहरुले  आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर वकिलहरूलाई  पिट्ने धम्की समेत दिएका छन् । 

    यसरी अहिले आन्दोलनरत न्यायाधीशहरुलाई धम्की दिएकाे साे भिडियो यतिखेर सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

    सो भिडियोमा पहेंलो टी–सर्ट लगाएका एक व्यक्ति अश्लील शब्द प्रयोग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई गाली गर्दै थिए भने त्यही बेला नीलो सर्ट र कालो छालाको ज्याकेट लगाएका अरु दुई जना पनि कानून व्यवसायीहरुविरुद्ध बोल्न थालेका थिए ।

    कानून व्यवसायीहरु प्रतिकारमा उत्रिएपछि दुई जना भागे । एक जनालाई भने प्रहरीहरुले कानून व्यवसायीहरुबाट छुटाएर भगाए ।

    यसरी अपशब्द बोल्दै वकिलहरुलाई थर्काउने र धम्की दिने उनीहरु को हुन् एकीन भइनसके पनि कानून व्यवसायीहरु भने आफूहरुविरुद्ध परिचालित ‘भिजिलान्ते’ भएको दाबी गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार