Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सर्वोच्च रमिता: बाहिर वकिल कुटिए, भित्र मुद्दा छिनिए


    बिहिबार, मंसिर २ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धर्नामा बसेका कानुन व्यवसायीले सर्वोच्चको गेटमै कुटाइ खाइरहेका बेला दुई जना न्यायाधीश भने इजलासमा बसेर धमाधम मुद्दा सुनुवाइ गरेका छन् । 

    नेपाल बार एसोसिएसनले बहस नगर्ने घोषणासहित मुल गेटमा आन्दोलन चर्काइरहेका बेला न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुडालले भने सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन् । 

    प्रहरीको कुटाइबाट एक दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएपछि नेपाल बार यतिबेला आकस्मिक छलफलमा छ ।  
    तर, जबराले तोकेको इजालास नम्बर सातमा न्यायाधीशद्वयले सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन् । 

    सर्वोच्च अदालतका अनुसार तामेलीमा राख्न पेसी चढेका सातवटा रिट निवेदनलाई न्यायाधीशद्वयले तामेलीमा राख्ने आदेश दिएर बेञ्चबाट उठेका छन् । 

    उनीहरू बुधबारबाट इजलास फर्किएका हुन् । मुद्दामा आदेश जारी गरेका उनीहरूले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी हुने भन्दै पेसीमा रहेका अन्य मुद्दा हेर्न नभ्याउने भनेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार