Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अधिवक्ता अर्यालकाे आक्रोश- ‘चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु’


    बिहिबार, मंसिर २ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । अधिवक्ता ओम प्रकाश अर्यालले न्यायालय बचाउनका लागि आफू मर्न पनि तयार रहेको बताएका छन् । 

    बिहीबार नेपाल बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्चमा एसएलआर भिरेका प्रहरी परिचालन गरिएकोमा आक्रोश पोख्दै यस्ताे बताएका हुन् ।

    अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ?’, उनले आक्रोश पोखे, ‘चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु । तर न्यायपालिका बचाउनुपर्छ ।’

    आफूहरुलाई धम्क्याउनकै लागि एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै त्यस्ता धम्कीले कुनै काम नगर्ने उनले बताए । 

    धर्नामा बसेका वकिलहरुलाई एसएलआरको नालले घोच्ने काम भएको भन्दै बताए । उनले उनले न्यायालय बचाउनका लागि आफू मर्न पनि तयार रहेको बताए । 

    एसएलआरसहितको प्रहरी अदालतभित्र छिराएर दमन गर्ने काम भएको भन्दै यो सह्य र स्वीकार्य नरहेको बताए । ‘यस विषयमा प्रहरीले माफी माग्नुपर्छ । यदि प्रहरीले माफी नमाग्ने र बारले सुरक्षा पनि नगर्ने हो भने बारका पदाधिकारीबाहेकका अन्य वकिलले पनि विद्रोह गर्ने र प्रहरी घेरा तोड्ने अवस्था आउन सक्छ’, उनले चेतावनी दिए । बारको आन्दोलनका क्रममा प्रहरी हस्तक्षेप हुँदा बारका अध्यक्षसहित एक दर्जन वकिलहरू घाइते समेत भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार