Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    बिहिबार, मंसिर २ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार २०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको हो ।

    बिहीबार छापावाल सुन प्रति १० ग्राम ८१ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ५९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार