Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी सहायकमन्त्रीलाई लिएर स्वास्थ्यमन्त्री खोप अभियान हेर्न शिक्षण अस्पताल पुगे


    बिहिबार, मंसिर २ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १२ वर्षभन्दा माथि उमेर समूहका लागि फाइजर खोप लगाउन थालिएको ६ दिन भइसकेको छ । गत आइतबारबाट फाइजर खोप लगाउन थालिएको हो । 

    बिहीबार स्वास्थ्य मन्त्री विरोध खतिवडा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु, नेपालका लागि अ‍ेमरिकी राजदूत ¥यान्डी बेरीसहितको अमेरिकी टोली लिएर शिक्षण अस्पातल पुगेका छन् । अमेरिकी टोलीले खोप केन्द्रको अवलोकन गरेको छ । 

    गत आइतबारबाट नेपालमा पहिलो पटक बालबालिकाले कोरोना विरुद्धको खोप लगाउन थालेका हुन् । आइतबारदेखि १२ वर्ष माथिका दीर्घरोगीलाई कोरोना विरुद्धको फाइजर खोप दिन थालिएको हो । यो अभियान ४ मंसिरसम्म जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार