Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्तो छ आजको मौसम ?


    बिहिबार, मंसिर २ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेकाे छ । जसकारण बिहीबार बिहानै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली छ ।

    दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

    शुक्रबार उच्च पहाडी तथा हिमाली भू(भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शनिबार बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार