Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमल थापा भन्छन्- प्रधानन्यायाधीशलाई हटाउने हो भने सर्वोच्चमा होइन पार्टी कार्यालयमा प्रदर्शन गर्नु


    बुधबार, मंसिर १ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन अदालत अगाडि नभई पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने बताएका छन् ।

    नेपाल बार एशोसिएसनले जबराविरुद्ध आन्दोलन गरिरहेको बेला अध्यक्ष थापाले बुधबार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्ताे बताएका हुन् ।

    अध्यक्ष थापाले  प्रधानन्यायाधीश जबरालाई हटाउने एकमात्र वैधानिक बाटो महाभियोग भएको बताउँदै त्यसका लागि आन्दोलनरत समूहले अदालत अगाडि नभई पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने सुझाव दिएका हुन् ।

    उनले लेखेका छन्- ‘प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो।  महाभियोग लगाउने दलले हो।अधिकांश वकिलहरु दलसँग आबद्ध छन् । बारको चुनाव दलगत आधारमा हुन्छ।त्यसैले प्रन्या हटाउने हो भने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार