काठमाडौं । परराष्ट्र मन्त्री डा.नारायण खड्काले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रीखड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका हुन् ।
राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको थियाे ।
केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई पासपोर्ट वितरण गर्ने पनि उनले बताए । ई पासपोर्ट वितरण सुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि निरन्तरता दिने महानिर्देशक अर्यालले बताए ।
डिसेम्बरको १०/१२ तारेखसम्म प्रणालीमा देखिएका प्राविधिक समस्या हल गरेर ई पासपोर्टमात्र वितरण गरिने उनको भनाइ छ । ई पासपोर्टको अनलाइन बुकिङका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।