काठमाडाैं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको प्रतिक्रिया दिएका छन् ।
बुधवार नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा भएको धर्ना कार्यक्रमपछि एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन् ।
उनले अब सरकार र प्रतिपक्षले नयाँ नियुक्ति गर्नुपर्ने भन्दै यसैका लागि आफूहरुले दवाव दिइरहेको बताए ।
‘आज प्रधानन्यायाधीशको सिट खाली छ । प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो’, उनले भने, ‘तपाईं र मैले खाली गरिसक्यौ, खाली अर्को मनोनयन गरेका छैनन् । तपाई र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ।’