काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुले आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिक्रमा गरेका छन् ।
‘चोलेन्द्र शम्सेर राजीनामा दे’, ‘बार एकता जिन्दावाद’ लगायतका नारा लगाउँदै उनीहरुले सर्वोच्च अदालत परिक्रमा गरेका हुन् ।
प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै आन्दोलनरत कानून व्यवसायीहरुले उनकाे राजीनामा मागेका छन् ।