Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाउने जनमत पार्टीका १७ कार्यकर्ता धरौटीमा रिहा


    बुधबार, मंसिर १ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।

    पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए ।

    पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनालाई प्रहरी नियन्त्रणमा लिई अपराधिक अभद्र र अमानवीय व्यवहार मुद्दा चलाएको थियो ।

    कात्तिक ४ गते दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई नियन्त्रणमा लिएर पैदलै हिँडाई जनकपुरधाम उपमहानगरपालिकासम्म लगेका थिए । कुशवाहको कपडा च्यात्नुका साथै उनीहरुले शरीरमा हिलो छ्यापिदिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार