Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा कर्मचारी सूचना प्रणाली लागू


    बुधबार, मंसिर १ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कर्मचारीको सरुवा–बढुवामा एकरुपता आउने लक्ष्यका साथ कर्मचारी सूचना प्रणाली सुरु गरिएको बताएका छन् ।

    गण्डकी प्रदेश सरकारले लागू गरेको कर्मचारी सूचना प्रणालीको मङ्गलबार शुभारम्भ गर्दै उनले सूचना प्रणाली लागू भएसँगै प्रदेशअन्तर्गतका प्रत्येक कर्मचारीको व्यक्तिगत वितरण तयार गरिने जानकारी दिए ।

    प्रदेशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्न यो प्रणाली लागू गरिएको प्रदेश प्रमुख सचिव डा दामोदर रेग्मीले जानकारी दिए ।

    उक्त प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्लामात्र नभएर सरुवा पत्र र टिप्पणी पत्रको ढाँचासमेत उल्लेख गरिएको उनको भनाइ छ । 

    ‘गण्डकी प्रदेशमा करिब तीन हजार कर्मचारीको दरबन्दीमध्ये दुई हजार मात्र पूर्ति भएको छ’, रेग्मीले भन्नुभयो, ‘कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारबाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगसिद्ध हुन्छ ।’

     मुलुकका सात प्रदेशमध्ये गण्डकीमा यो प्रणाली पहिलोपटक लागू भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार