Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छनोट 


    बुधबार, मंसिर १ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड कतार विश्वकपमा छनोट भएको छ ।

    मंगलबार राति भएको युरोपेली छनोट अन्तर्गत समूह जी को खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दे नेदरल्याण्ड विश्वकपमा छनोट भएको हो । 

    नेदरल्याण्डको जितमा स्टिभन बर्गवाइन र मेम्फिस डिपाएले समान १ गोल गरे ।

    पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनबाट बन्चित भयो । 

    जितसँगै नेदरल्याण्डले १० खेलबाट २३ अंक जोडेको छ भने टर्कीले १० खेलमा २१ अंक जोड्यो ।

    समान खेलबाट १८ अंक जोडेको नर्वे तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार