Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश, कति छ उसको सम्पति ?


    बुधबार, मंसिर १ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । संयुक्त राज्य अमेरिकालाई पछि पार्दै छिमेकी मुलुक चीन विश्वकै धनी देश बनेको छ। पछिल्लो २० वर्षमा चीनको सम्पत्ति अत्यधिक मात्रामा बढेको छ। तर अमेरिकाको सम्पत्ति त्यति मात्रामा वृद्धि भएन।

    सन्सल्टेन्सी फर्म एमसीकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा दुनियाँको सम्पत्ति ३ गुणाले बढेको छ। यस वृद्धिमा चीनको हिस्सा एक तिहाई अर्थात ३३ प्रतिशत रहेको छ। यस हिसाबमा चीनको सम्पत्ति करिब दुई दशमा १६ गुणाले बढेको छ।

    रिपोर्टका अनुसार सन् २००० मा दुनियाँको कुल सम्पत्ति १ सय ५६ ट्रिलियन डलर थियो। जुन २०२० मा बढेर ५ सय १४ ट्रिलियन डलर भएको छ। यसमा एकतिहाई भाग चीनको छ।

    पछिल्लो २० वर्षमा चीनको इकोनोमीमा उच्च वृद्धि भएको छ। २०० मा चीनले विर्ल्ड ट्रेड अर्गनाइजेशनको सदस्य बनेको थियो। त्यस समयमा चीनको कुल सम्पत्ति ७ ट्रिलियन डलर थियो। जुन पछिल्लो २० वर्षमा बढेर अहिले १ सय २० ट्रिलियन भएको छ। यसको मतलब चीनको सम्पत्ति २० वर्षमा १ सय १३ ट्रिलियन डलर बढेको छ।

    यसको तुलनामा अमेरिकाको सम्पत्तिमा निकै कम वृद्धि भएको छ। २०२० मा अमेरिकाकाके कुल सम्पत्ति ९० ट्रिलियन डलर भएको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार