Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले


    मंगलबार, कार्तिक ३० २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाजुरा । बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित भेडा, च्यांग्रा, गाईबस्तु लिएर औलतिर झरेका छन् । 

    यहाँका स्थानीयहरू सधैँ हिउँदको समयमा जाँडो छल्न औलतिर लाग्ने गरेका छन् । हिमपातसँगै चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि बेसी झर्न लागेको स्थानीय गोलु भोटेले बताएका छन् । 

    चिसो सुरु भएपछि दुई सातादेखि हिमाली भेगका प्रायःजसो बस्तीहरूमा हिमपात भई जाडो बढ्ने भएपछि बेसीतिर लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार