Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक लाख १६ हजारसहित नौ जुवाडे पक्राउ


    मंगलबार, कार्तिक ३० २०७८
    500
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । लमजुङ प्रहरीले बेसीसहर नगरपालिका-११ रामचोकबेसीबाट जुवा खेल्दै गरेको अवस्थामा नाै जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई सोमबार राति १ बजे पक्राउ गरेको हो ।  

    जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीको नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट नगद एक लाख १५ हजार नाै सय २५ रुपैयाँसहित १६ गोटी कौडासमेत बरामद गरेको छ । पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार