Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरबाटै प्रधानन्यायाधीशले तोके १० इजलासमा २७९ मुद्दाको पेसी


    मंगलबार, कार्तिक ३० २०७८
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार घरबाट १० इजलास गठन गरेका छन् । सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन् । 

    उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन् । जबराको राजीनामा मागेर बार निरन्तर आन्दोलनमा छ । जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी भएको बारको धर्नालाई छलेर प्रधानन्यायाधीश आइतबार र सोमबार कार्यालय प्रवेश गरेका थिए । 

    कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन् । सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ । 

    उसले जबरासँग वार्ता नगर्ने बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार