Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै, प्रधानन्यायाधीशकाे राजीनामा बटमलाइन


    मंगलबार, कार्तिक ३० २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वाेच्चको एनेक्स हलमा छलफल हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

    सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए ।

    सोमबारको छलफलमा बारले प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको छ । आजकाे छलफलबाट थप निर्णय हुने ठानिएकाे छ ।
     
    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि आह्वान गरे पनि कानुन व्यवसायीले अस्वीकार गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार