Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोहा विमानस्थलमा निवस्त्र पारिएका महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्दै 


    मंगलबार, कार्तिक ३० २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । दोहा विमानस्थलमा निवस्त्र पारिएका अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । 

    सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा नवजात शिशु भेटिएपछि ती महिलाहरूलाई उड्न तयारी रहेको विमानबाट ओरालेर निवस्त्र पारिएको थियो ।

    सुत्केरी भएको आशंकमा निवस्त्र महिलालाई परीक्षण गरिएको थियो । कतार एअरवेजको विमानबाट ओरालेर एम्बुलेन्समा राखिएका महिलालाई नर्सहरूले भित्री वस्त्र फुकाल्न लगाएरजाँच गरेका थिए ।

    निवस्त्र पारिएको घटनाबारे महिलाहरुको विरोधपछि कतारले माफी मागेको थियो । कतारका तत्कालिन प्रधानमन्त्री खालिद अल थानीले सरकारका तर्फबाट क्षमा मागेका थिए । घटनामा संलग्न विमानस्थलका एक अधिकारी निलम्बनमा परेका थिए । 

    करिव पाँच मिनेट परीक्षणगरेपछि उनीहरूलाई पुनः विमानमा चढाइएको थियो । अस्ट्रेलियामा उत्रिएपछि पीडितहरूले प्रहरीलाई उजुरी दिएका थिए । सो घटनाको अन्र्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार