Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तालिबानले फेरि किन गर्‍यो अमेरिकी सेनाको हतियार प्रदर्शन ?


    मंगलबार, कार्तिक ३० २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ । तालिबानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो । 

    २५० जना तालिवान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता इन्यातुल्लाह खवाराजमीले जानाकारी दिए । 

    सैन्य अभ्यासमा अमेरिकामा निर्मित एम ११७ बख्तरबन्द गाडीलाई काबुलका सडकमा गुडाइएको थियो । सो अवसरमा अधिकांश तालिवान लडाकुले अमेरिकामा निर्मित एम ४ राइफल बोकेका थिए ।

    तालिबान फौजले अहिले प्रयोग गरेका अधिकांश हतियार अफगानिस्तानमा यसअघिको सरकारलाई अमेरिकाले सहयोग स्वरुप प्रदान गरेको थियो । अफगान फौजलाई तालिबानबिरुद्ध लड्न अमेरिकाले पूर्वराष्ट्रपति असरफ गनी नेतृत्वको सरकारलाई अत्याधुनिक हतियार उपलब्ध गराएको थियो ।

    त्यस्तै, तालिमका अवसरमा तालिबानले रसियाली हेलिकोप्टरहरु पनि प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेको थियो ।

    तालिवान सत्तामा आएपछि महिला र बालिकाहरुको अधिकार खोसिएको छ । महिलालाई अझै पनि विद्यालय जान अनुमति दिइएको छैन् । त्यस्तै, तालिवानले सत्ता कब्जा गर्दा घरमै बसेका सरकारी कर्मचारीमध्ये महिला कर्मचारी अझै नियमित काममा फर्किन पाएका छैनन् ।

    तालिबान सरकारमा महिलाको सभागीता शून्य छ । तालिबानले महिला मन्त्रालय खारेज गरिदिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार