काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का महाप्रबन्धक डिमप्रसाद पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानिएका छन्।
महाप्रबन्धक पौडेललाई पर्यटनमन्त्री स्तरको निर्णयबाट मन्त्रालयमा तानिएको मन्त्रालयले जनाएको छ ।
सोमबार मन्त्रालयमा तानिएपछि महाप्रबन्धक पौडेलले मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने बताए । ‘म आज मन्त्रालयमा हाजिर भएको छु, विज्ञका रुपमा भनेर ल्याइएको छ, के जिम्मेवारी हुन्छ हेरौँ, उनले भने।
सरकारले यही कात्तिक ८ मा निगमको कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेको थियो । अधिकारीको नियुक्तिपछि पौडेल अधिकारविहीन बनेका थिए ।
महाप्रबन्धक पौडेलले निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेपछि निगमभित्रका कर्मचारीले १०४ दिनसम्म आन्दोलन गरी उनलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् ।