Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात बुँदे सहमतिपछि जनकपुरको निषेधाज्ञा हटाइयो 


    मंगलबार, कार्तिक ३० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका- २० देवपुरा रुपैठामा लगाइएको निषेधाज्ञा दुई समुदायबीच सहमतिपश्चात हटाइएको छ ।

    सोमबार दई समुदायबीच भएको छलफलमा सात बुँदे सहमति भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । 

    सहमतिमा स्थानीय तेलिया पोखरी अबदेखि उपमहनरपालिकाको अधीनमा रहने, उक्त पोखरीको व्यवस्थापन तथा संरक्षण उपमहनरपालिकाले नै गर्ने, हिन्दुको छठ र मुस्लिमको दाहा जस्ता पर्व प्रशासनलाई पूर्वजानकारी गराई पोखरीमा माटो नझर्ने गरी गर्ने, मुस्लिम समुदायले त्यहाँ गाडेको झण्डा अन्य स्थानमा व्यवस्थापन गर्ने, दुवै समुदायले एकअर्कालाई सम्मान गर्नेलगायतका सहमति भएको छ ।

    त्यसैगरी उक्त सहमति कार्यान्वय गराउन उपमहनगरपालिका उपमेयर रीताकुमारी मिश्रको संयोजकत्वमा दुवै समुदायबाट चार-चार जना प्रतिनिधि रहने गरी समितिसमेत गठन गरिएको छ ।

    sahmati-ptr.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार