Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदको कार्यसूचीबाट संविधान संशोधन विधेयक हट्यो


    बुधबार, जेष्ठ १४ २०७७
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक हटाइएको छ । बुधबारको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्साको निशानछाप फेर्ने संविधान संविधान संशोधनको बुँदा थियो । तर मंगलबारको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कैन्द्रीय समिति बैठकबाट निर्णयश गर्नुपर्ने भएकाले संविधान संशोधनको बिषय कार्यसूचीबाटै हटाइएको छ ।  

    संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो । संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल गरिरहेकाले हटाइएको जानकारी दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार