Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • धादिङमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, १२ जना घाइते


    सोमबार, साउन ३२ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ​काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा गएराति (सोमबार) बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    काठमाडौँतर्फ जाँदै गरेको बा ३ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

    कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारका क्रममा  मृत्यु भएको हो । दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । नौ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र तीन जनाको धादिङको गल्छीस्थित बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार