काठमाडौं । तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।
विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन् । उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार भएका थिए ।
तालिवान प्रतिनिधिसँगको भेटपछि घानी तालिवानीलाई सत्ता सुम्पन राजी भएका थिए । यद्यपि नेटोलगायत अमेरिकी सैन्य अधिकारीहरुसँगको छलफलपछि घानीले देश छाडेका हुन् ।