Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानमा नेपालीहरुको विचल्ली, सम्पर्कमा आउन परराष्ट्र मन्त्रालयको आग्रह


    आइतबार, साउन ३१ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कामाडाैं । अफगानिस्तानका सबै सहरहरुमा तालिबानले कब्जा गरेपछि आतंक बढेसँगै अन्य देशहरुले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउने पहल गरिरहेकाे छ । 

    यसैबीच, अफगानिस्तानमा रहेका  नेपालीको उद्दार गर्न राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ ।

    जहाज काबुल जाने तयारी गरेसँगै  सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

    परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np मा आफ्नो नामसहितको विवरण समावेश गर्न भनेकाे छ ।

    परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि + ९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७-९७७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिनेछ ।

    काबुलस्थित विभिन्‍न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्‍ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्‍ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।

    त्यस्तै मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुसँग त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक पनि माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार