Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • अफगानिस्तानमा रहेका नेपालीहरूको उद्दार गर्न नेपाल वायुसेवा निगमको जहाज काबुल जादै


    आइतबार, साउन ३१ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कामाडाैं । अफगानिस्तानका सबै सहरहरुमा तालिबानले कब्जा गरेपछि आतंक बढेसँगै अन्य देशहरुले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउने पहल गरिरहेकाे छ । 

    यसैबीच, अफगानिस्तानमा रहेका  नेपालीको उद्दार गर्न राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ ।

    अफगानिस्तानबाट विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो । 

    आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो ।

    यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति माग गरेको छ ।

    ‘उडान सुरक्षाको प्रत्याभूति सहित परराष्ट्रमन्त्रालयबाट अनुमति पाए अफगानिस्तान चार्टर उडान भर्न निगम तयार छ’ निगमले बताएको छ ।

    यदि निगमले चार्टर उडानका लागि अनुमति पाए आगामी अगस्ट २७ मा अफगानिस्तानको काबुल पुगेर सो क्षेत्रमा रहेका करिब एक सय जना नेपालीलाई स्वदेश फर्काइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार