Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तालिवान लडाकु काबुल छिरे, अमेरिकाद्वारा हेलिकप्टरमार्फत आफ्ना कर्मचारीकाे उद्दार


    आइतबार, साउन ३१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुलको चारैतिरबाट छिर्न थालेपछि अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई हेलिकप्टरमार्फत उद्धार गरेको छ । 

    काबुलामा तालिवान छिरेपछि अमेरिकाले  आफ्नो दूतावासका कर्मचारीहरुलाई हेलिकोप्टरबाट उठाएर विमानस्थल तर्फ लगेको हाे ।

    आइतवार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए ।

    तालिबान लडाकुले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको रोएटर्सले जनाएको छ ।

    काबुल छिर्न ठूलो संघर्ष गर्नुपरेको तालिवानले महिलाहरुलाई सुरक्षित स्थानमा जान पनि भनेको बताइएको छ । 

    तालिवानले अफगान सरकारले सत्ता हस्तान्तरण गर्न अपील गरेको छ । आफूहरुले कुनै हिंसा नचाहेको भन्दै शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अफगान सरकारलाई अपील गरेको हो । अब अफगान सरकारको नियन्त्रणमा काबुल बिमानस्थल मात्र रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार