Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टामा २,२१२ जना काेराेना संक्रमित थपिंदा ३३ जनाको मृत्यु, १,८७६ जना डिस्चार्ज


    आइतबार, साउन ३१ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । । पछिल्लो २४ घण्टामा देशभर २,२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १,८६७ जना संक्रमणमुक्त भएका छन् । 

    स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २,२१२ जनामा संक्रमण पुष्टि भएको हो । 

    यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ । 

    संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ । 

    हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार