Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्र भन्छ: अफगानिस्तानमा रहेका नेपालीबारे सरकारलाई थाहा छैन


    आइतबार, साउन ३१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  अफगानिस्तानका सबै सहरहरुमा तालिबानले कब्जा गरेपछि आतंक बढेसँगै अन्य देशहरुले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउने पहल गरिरहेकाे छ ।

    यसैबीच, नेपालको तर्फबाट पनि पहल भएको बताइएको छ । यद्यपि अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै नभएको सरकारले बताएको छ ।

    तालिवानी नियन्त्रणमा एकपछि अर्को अफगानी सहर पर्दै गएपछि त्यहाँ रहेका नेपालीमाझ अन्यौल र त्रासको स्थिति रहेकै बेला परराष्ट्र सचिव भरत पौडेलले अफगानिस्तानमा काम गर्ने नेपालीहरुबारे नेपाल सरकारलाई जानकारी नभएको र यसबारे यथार्थ बुझ्ने प्रयास गरिरहेको बताएका छन् ।

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार उपस्थित परराष्ट्र सचिव पौडेलले अफगानिस्तानमा १४०० नेपालीमात्र औपचारिक रुपमा रहेको तथ्यांक सरकारसँग रहेको र १४ हजार नेपाली त्यहाँ काम गरिरहेको भन्ने विवरण समाचारमााध्यमहरुमा आए पनि यसबारे नेपाल सरकारलाई जानकारी नभएको बताए ।

    उनले औपचारिक रुपमा गएका १४०० नेपाली राजधानी काबुलमै रहेको र सुरक्षित अवस्थामा रहेको जानकारी दिए। ‘काबुलबाहिर एकैजना नेपाली पनि छैनन्,’ परराष्ट्र सचिव पौडेलले भने। यद्यपि ठूलो संख्यामा नेपालीहरु अफगानिस्तानका विभिन्न स्थानमा काम गरिरहेका छन् ।

    सचिव पौडेलका अनुसार परराष्ट्र मन्त्रालय र अफगानिस्तान पनि हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइनमार्फत दर्ता हुन आग्रह गरेका छन् ।

    उनले औपचारिक रुपमा रहेका अधिकांश मानिसहरु अन्तर्राष्ट्रिय नियोग तथा संस्थाहरुमा कार्यरत रहेको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार