Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फरार अभियुक्त तीन वर्षपछि पक्राउ


    आइतबार, साउन ३१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • परासी। दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् ।

    नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो । निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन् ।

    जिल्ला अदालतले विसं २०७५ जेठ ३० गते लागुऔषध मुद्दामा १० वर्ष एक महिना आठ दिन कैद सजाय र रु एक लाख जरिवानाको फैसला गरेपछि बिन फरार भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार