एजेन्सी । अमेरिकी सेनाले छाडेपछि अफगानिस्तानका सबै सहर तालिबानले कब्जा जमाएका छन् । राजधानी काबुलबाहेक सबै शहरमा तालिबानले कब्जा जमाइसकेको छ । आइतबार तालिवानले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको छ । अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार तालिबानी समूह काबुल पुग्न करिब ११ किलोमिटर मात्रै बाँकी छ ।
शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजर–इ–सरिफमा तालिबान लडाकुहरुले कब्जा जनाएका थिए । बीबीसीका अनुसार अफगान सुरक्षाकर्मीहरुले जलालावाद कुनै प्रतिकारबिना नै तालिबानहलाई छोडिदिएका हुन् ।
अफगानिस्तानमा तालिवानले कब्जा जमाएर राजधानी काबुलतर्फ बढिरहँदा अमेरिकाले आफ्ना नागरिकको सुरक्षा र उद्धारका लागि ५ हजार सैनिक तैनाथ गर्ने बताएको छ ।
तालिवानले अफगानिस्तान कब्जा जमाएपछि त्यहाँ रहेका विदेशी नागरिकको उद्दार धमाधम भए पनि नेपाली नागरिकको अवस्थाबारेमा नेपाल सरकारले चासो नदिएको कुरा एमालेका नेता राजन भट्टराईले पनि ध्यानाकर्षण गराएका छन् ।
तालिवानले ब्यापारिक सहर कन्दाहारलाई आफ्नो कब्जामा लिइसकेपछि कन्दहारपछि हेरात र घान्जी सहरमा पनि तालिबानले कब्जा जमाएको थियो ।