Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिजनको पहिलो खेलमा रियल म्याड्रिडको शानदार सुरुवात


    आइतबार, साउन ३१ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। स्पेनिस लिग ला लिगामा रियल मड्रिडले शानदार शुरुवात गरेको छ। नयाँ सिजनको पहिलो खेलमा रियलले डिपोर्टिभो एलाभेसलाई उसकै मैदानमा ४–१ गोलले पराजित गर्दै लिगमा सुखद शुरुवात गरेको हो।

    रियलको जितमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले दुई गोल, नाचो फर्नान्डेस र भिनि जुनियरले समान एक गोल गरे। एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए।

    शनिबार राति भएको खेलको पहिलो हाफ बराबरीम सकिएको थियो। घरेलु टोलीमाथि निरन्तर दबाब बनाइरहे पनि रियल पहिलो हाफमा गोल गर्न असफल भयो। खेलका ५ वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

    दोस्रो हाफको सुरुमै बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए। ४८औं मिनेटमा ग्यारेथ बेलको क्रसमा र इडेन हाजार्डको पासमा उनले गोल गरे। आक्रामक बनेको रियलले ५६औं मिनेटमा अग्रता दोब्बर बनायो।

    यसपटक नाचो फर्नान्डेसले गोल गरे। लुका मोड्रिचले गरेको क्रसमा नाचोले गोल गरेका थिए। ६२औं मिनेटमा कप्तान बेन्जेमाले व्यक्तिगत दोस्रो गर्दै टोलीको अग्रता तेब्बर बनाए। तर ६५औं मिनेटमा गोलरक्षक थिवाउट कोर्टुवाले जोन गुइडेट्टीलाई पेनाल्टी बक्समा लडाएपछि एलाभेसले पेनाल्टी पायो। जोसेलुले गोल गदै खेललाई ३–१ को अवस्थामा ल्याए।

    इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा भिनि जुनियरले गोल गर्दै रियललाई ४–१ को फराकिलो जित पक्का गरे। यो जितपछि रियलले ३ अंक जोडेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार