Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग


    आइतबार, साउन ३१ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सिन्धुपाल्चोक। चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन्।

    सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौँ विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै दुबै सङ्घले नेपाल चीनबीचको व्यापारिक कारोवार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई  ज्ञापन पत्रमार्फत आग्रह गरेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापन पत्रमा राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्णरुपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए। नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ। नाकाबाट कारोवार बन्द हुँदा त्यहाँ काम गर्ने मजदूर अहिले विचल्लीमा परेकाले पूर्णरुपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ। नाका सञ्चालनका साथै विपद् न्यूनीकरणका लागि पहल गरिदिन सङ्घले प्रधानमन्त्री देउवालाई अनुरोध समेत गरेको जनाएको छ।

    विसं २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक प्राकृतिकरुपमा विपद्ग्रस्त बन्दै आइरहेको छ। कोदारी, तातोपानी, चाकु, बाह्रबिसे, लामोसाँघु, खाडीचौर, बलेफी, जलविरे, ढाँडे, सुकुटे, ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङ्पाल, हेलम्बु पनि नदी किनारमा हुँदा बाढी तथा पहिराको जोखिममा रहेकाले आवश्यक अध्ययन गरी स्थानान्तरणका लागि पहल गर्न अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले बताए। पटकपटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार